आँखु खोला हाइड्रोपावरको शेयर मंगलबारबाट कारोबारमा आउने

४ बर्ष अगाडि

काठमाडौं - आँखु खोला हाइड्रोपावरको शेयर कारोबारमा आउने भएको छ । कम्पनीले स्थानीयमा जारी गरेको ६ लाख २३ हजार ९८० कित्ता शेयर आगामी मंगलबारबाट कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले धादिङ जिल्लाका आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणको लागि जारी गरेको हो । यस्तै संस्थापक शेयरको लकइन पिरियड भने कार्तिक ११ गते सकिने हुँदा कार्तिक १२ गतेबाट कारोबार गर्न सकिने कम्पनीले जनाएको छ । 

कम्पनीको ६० लाख कित्ता शेयर संस्थापक शेयरधनीहरुसँग छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया