सेयर बजारको प्राविधिक तालिम सञ्चालन हुदैँ,कहिलेदेखि ?

४ बर्ष अगाडि

काठमाडौं - स्मार्ट वेल्थ प्रो ले सेयर बजारको प्राविधिक तालिम सञ्चालन गर्ने भएको छ । लगानीकर्ता सहित विशेषगरी कारोबारीलाई यो तालिम निकै उपयोगी हुनेछ । पछिल्लो समय हाम्रो सेयर बजारमा ट्रेडरहरुको संख्या बढेको छ । छिटोछिटो नाफा बुक गर्नेहरुलाई प्राविधिक अनिवार्य हुन्छ । नेप्से तल्लो विन्दु आएको पत्ता लगाउन र माथिल्लो विन्दु आँकलन गरी नाफा बुक गर्न प्राविधिक सीप चाहिन्छ ।

२ सातासम्म चल्ने यस तालिममा सेयर बजाका प्राविधिक विविध पाटोहरुका बारमा सिकाइनेछ । प्राविधिक तथा सैद्धान्तिक विषयहरुमा सहभागीहरुले गहनरुपमा सिक्न सक्नेछन् । यो तालिम असोज ५ गतेदेखि असोज १९ गतेसम्म (सेप्टेम्बर २१ देखि अक्टोबर ५) सञ्चालन हुनेछ ।

तालिम प्रत्येक दिन साँझ ६ः३० देखि ८ः३० बजेसम्म चल्नेछ । यसको शुल्क प्रतिव्यक्ति ३ हजार रुपैयाँ रहेको छ । तालिममा सहभागी हुनेलाई स्मार्ट वेल्थ प्रो सफ्टवेयर ३ महिनासम्म निःशुल्क उपलब्ध गराइनेछ । कोर्ष सम्बन्धी विस्तृत जानकारीका लागि ९८०२३२०९५६ मा फोन गर्न सकिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया