काठमाडौं-नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्था अन्तर्गत अबिल म्युचुअल फण्डद्धारा सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को बुकक्लोज मिति तय भएको छ ।
योजना व्यवस्थापक तथा डिपोजिटरी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले दुबै फण्डको प्रतिफल (नगद लाभांश) वितरण गर्ने प्रयोजनका लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात असोज १० गते आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र नगद लाभांश प्राप्त गर्नेछन् ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ४० प्रतिशत र नबिल ब्यालेन्सड फण्ड २ का इकाईधनीहरूलाई करसहित ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया