काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको छ । यस दिन नेप्सेले एक्सेल डेभलपमेन्ट बैंक र सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन गरेको हो ।
एक्सेलको १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर समायोजन भएको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य ७६२ रुपैयँ ६८ पैसा निर्धारण भएको छ ।
त्यसैगरी, नेप्सेमा सानिमा इक्विटी फण्डको ३३ प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजन पश्चात योजनाको इकाईमूल्य १२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । भदौ ३१ गते एक्सेल डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता १ हजार ५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यस्तै सानिमा इक्विटी फण्डको इकाई १६ रुपैयाँ १५ पैसामा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया