मलेसियाको कम्पनी छोडेर बेपत्ता भएका नेपाली कामदारलाई खोजी गर्न उजुरी दर्ता, एकै कम्पनीमा कार्यरत दुईको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - मलेसियाको रावाङ भन्ने ठाउँमा रहेको जुली इम्पोर्ट एण्ड एक्स्पोर्टको एसडिएन विएचडी कम्पनी छाडेर भागेका तीन जना नेपाली कामदारलाई मलेसियाको एक कम्पनीले खोजी गर्न स्थानीय प्रहरी चौकीमा उजुरी दर्ता गराएको छ । 

कृष्णबहादुर बम्जन, अजबलाल राउत र कृति चौधरी नामका नेपाली कामदार कम्पनी छोडेर बेपत्ता भएपछि कम्पनी प्रतिनिधि प्रहरी चौकीमा गएको बताइएको छ । दुई वर्षदेखि कार्यरत उनीहरू सेप्टेम्बर महिनादेखि बेपत्ता भएका थिए ।

यस्तै कोरोना भाइरस सक्रमणबाट एकै कम्पनीमा कार्यरत दुई जना नेपाली श्रमिकहरुको ५ घण्टाको समयावधिको फरकमा मृत्यु भएको छ । दार्चुला कौटे घर भई मेलेसियाको केलागमा रहेको एक सेक्युरिटी कम्पनीमा कार्यरत प्रेम सिंह बडाल र हर्कबहादुर घलेको मृत्यु भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया