काठमाडौं - मलेसियामा रोजगारदाता छाडेर भाग्ने नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाली कामदारलाई ललाई फकाई कम्पनी परिवर्तन गराउने क्रम दैनिकरूपमा पुनः बढेको विभिन्न स्रोतले बताएका छन् ।
कोरोना भाइरस संक्रमणको समयमा रोजगारदाताले समयमा तलब नदिने, विभिन्न बहानामा तलब काट्ने, तलब माग्दा मानसिक तनाव दिने जस्ता समस्याबाट नेपाली कामदार पीडित हुने गरेका छन् ।
कतिपय कामदार रोजगारदाताको विभेद सहन नसकेर बाध्यताले कम्पनी छाडेर भाग्ने तर धेरैजसो कामदार विचौलियाहरूको अनुचित प्रलोभनको प्रभावमा परेर कम्पनी छाड्ने क्रम बढेको बताइएको छ ।
प्रतिक्रिया