काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर १ हजार ५११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर १५ हजार १७९ जनामा परीक्षण हुँदा १ हजार ५११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ६८९ जना संक्रमणमुक्त भएका छन् यो संगै कोरोना मुक्त हुनेको संख्या ७ लाख ४५ हजार २१५ पुगेको छ । हाल देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेका छन् ।
सोही अवधीसम्म ११ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया