अरुण भ्यालीको लाभांशका साथसाथै हकप्रद शेयरको घोषणा, कति ?

४ बर्ष अगाडि

काठमाडौं, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीले लाभांशका साथसाथै हकप्रद शेयरको घोषणा गरेको छ । 

कम्पनीको आज (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, कम्पनीले बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १ः०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा पनि गरेको छ ।

कम्पनीले चौबिसौँ वार्षिक साधारण सभा असोज २४ गते जुमबाट गर्ने निर्णय गरेको छ । लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया