ओरालो यात्रालाई निरन्तरता दिदैँ नेप्सेमा ७६.६५ अंंकको गिरावट, कतिको भयो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि शेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ ।

आज नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ विन्दुमा झरेको छ । नेप्से २.६५ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा झरेको छ । 

कूल २२९ वटा कम्पनीको एक करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ ।

अन्तिम दिन पनि अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नै सर्वाधिक कम्पनीको ३८ करोड ६० लाख ४३ हजार ५ सय ८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका २२३ कम्पनीमध्ये जम्मा ७ वटा कम्पनीको सेयरमूल्य बढेको छ । मनकामना लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ९९ रूपैयाँ ९० पैसा पुगेको छ । 

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ८.१७ प्रतिशतले घटेर ९ सय ५५ रूपैयाँमा झरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया