प्रत्येक शुक्रवार बन्द हुने फुङ्लिङ बजार कात्तिक १९ गतेसम्म खुल्ने

४ बर्ष अगाडि

ताप्लेजुङ - प्रत्येक शुक्रवार बन्द हुने ताप्लेजुङको फुङ्लिङ बजार कात्तिक तेस्रो साता सम्मका लागि खुल्ला हुने भएको छ । नेपालीहरूको महान चाड दशैँ तिहार नजिकिन थालेपछि शुक्रवार पनि बजार खुल्ला हुने भएको हो । 

बजार असोज १ गते शुक्रबारदेखि कात्तिक १९ गते सम्म खुल्ला हुने ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ । साथै कात्तिक २६ गते शुक्रबारबाट फेरी साप्ताहिक रुपमा बन्द हुने संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिएका छन् । 

यस अघि पनि चाडवाडका बेला उपभोक्तालाई किनबेचमा सहज होस् भनेर ताप्लेजुङ उद्योग वाणिज्य संघले दशैँ तिहार छठ पर्व सम्मका लागि साप्ताहिक रुपमा बन्द हुने फुङ्लिङ बजार खुल्ला गर्दै आएको थियो । 

यस वर्ष पनि कात्तिक तेस्रो साता सम्मका लागि बजार खुल्ला गर्ने गरी निर्णय गरिएको  अधिकारीले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया