काठमाडौं- कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा कारोबार खुलेको तीन घण्टाको अवधीमा नबिल इक्वीटी फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
सो अवधीसम्म कम्पनीको ७ लाख १३ हजार ९२६ कित्ता शेयर खरिदमाग भएको छ भने ६५ हजार ७९२ कित्ता शेयर बिक्री माग भएको छ ।
कम्पनीको शेयरमुल्य ०.८४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.१५.४२ पुगेको छ ।
सो अवधीसम्म कम्पनीको १ लाख ६२ हजार ५२४ कित्ता खरिदबिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री माग हुदाँ २४ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया