हुन्डाई र सुजुकीको चाडपर्व लक्षित विभिन्न अफर, के कति छुट र बोनस अफर ?

४ बर्ष अगाडि

काठमाडौं- अहिले नेपालको सबैभन्दा गाडी बेच्न सफल हुन्डाईले चाडपर्व लक्षित विभिन्न अफर ल्याएको छ ।

नेपालका लागी हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार योजना अनुरुप ‘फेस्टीभ डिलाइट २०७८’ नामक योजना ल्याएको हो ।

जसमा कम्पनीले ग्राहकले ३ लाखसम्मको नगद छुट पाउने छन् । तर, यो छुट रकम भने मोडल अनुसार फरक फरक हुने कम्पनीले जनाएको छ ।

साथै स्क्र्याच कार्ड मार्फत १ लाखसम्मको अतिरिक्त छुटसमेत ग्राहकले पाउने छन् । कम्पनीले ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, एक वर्षको बीमा सुविधा र बम्पर उपहारमा हुन्डाई नयाँ जेनेरेशन आई २० एकजनालाई दिने योजनामा उल्लेख छ ।

लक्ष्मी हुन्डाईले नेपाली बजारमा अहिले सेन्ट्रो, ग्राण्ड आई १० नियोस, आई २०, क्रेटा, भेन्यू, नयाँ जेनेरेशन टुसान, सान्ताफे, प्यालिसेड, कोना इलेक्ट्रीक र आयोनिक इलेक्ट्रीक विक्री गर्दै आएको छ ।

यसैगरी, नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्गको अटोमोटीभ डिभिजन सिजी मोटोकर्पले पनि चाडपर्व लक्षित दशैं तिहार स्कीम ल्याएको छ ।

‘सुजुकी पर्वोत्सव अफर’ नामक योजनमा ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउने छन् ।

यसका साथै स्टकमा रहेका मोडलमा क्लियरेन्स अफर भनेर विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।

सुजुकीले आफ्ना विभिन्न मोडेलमा फरक फरक छुट हुने जनाएको छ । मारुती सुजुकी ब्रान्डले एसप्रेसो, वागेन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सिआज, ब्रेजा, एसक्रस, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो र सुपर क्यारी जस्ता मोडल विक्री बितरण गर्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया