कारोबारको पहिलो घण्टामै नेप्सेमा पहिरो, कारोबार रकम साढे २ अर्ब नजिक

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन (बिहीबार) कारोबारको एक घण्टामै नेपाल स्टक एक्सेन्च(नेप्से)मा पहिरो गएको छ ।

कारोबारको सो अवधीमा नेप्से परिसुचक ६४.९१ को बिन्दुमा पुगेको हो । नेप्से २.२५ प्रतिशतले घटेर २८२४.१३ को बिन्दुमा पुगेको छ ।  १२ बजेसम्म आइपुग्दाँ ४१ लाख ५७ हजार २१७ कित्ता शेयर ३० हजार ३१२ पटक खरिद बिक्री हुदाँँ २ अर्ब ४१ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

यस्तै, सो अवधीसम्म कारोबारमा आएका २१६ कम्पनी मध्ये १ कम्पनीको शेयरमुल्य बढेको छ भने १८३ कम्पनीको शेयरमुल्य घटेको छ र १ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया