प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से,४८ कम्पनी कारोबारमा

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन(बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४०.२६ अंक घटेर २८८९.०३ विन्दुमा झरेर बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१७ अंक बढेर २८८९.२१ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४८ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने २० कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया