काठमाडौं - कर्मचारी सञ्चयकोषले कूल लगानी सवा चार खर्च नाघेको छ । कोषले गत आर्थिक वर्ष २०७७/७८ सम्म कूल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुर्याएको हो । कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छ ।
कोषले सार्वजनिक गरेको विवरण अनुसार कूल स्रोत ४ खर्ब ४४ अर्ब ४७ करोड पुगेको छ भने जगेडा कोषमा ४० अर्ब १६ करोड बचत छ । सञ्चयकर्ताको सञ्चय कोष मौज्दात रहेको रकम ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड रुपैयाँ छ भने कोषलाई ४ अर्ब ६७ करोड दायित्व छ ।
कर्मचारीलाई सञ्चय कोषले सञ्चित रकममा ६.५० प्रतिशत ब्याज उपलब्ध गराउने गरेको छ । कोषले आर्थि वर्ष २०७६/७७ को खुद मुनाफाबाट सुरु मौज्दातको आधारमा एक प्रतिशत मुनाफा प्रदान गर्ने घोषणा पनि गरेको छ ।
कर्मचारी सञ्चयकोष बिहीबारबाट ६०औँ वर्षमा प्रवेश गरेको छ ।
प्रतिक्रिया