रोमानियाको एक कम्पनीले माग्यो भारी सङ्ख्यामा नेपाली पुरुष महिला कामदार, मासिक तलब कति ?

४ बर्ष अगाडि

रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानियाको bucuresti सहरमा रहेको jordan river recruitment srl कम्पनीले १२० पुरुष कामदार र ५० महिला गरि जम्मा १७० नेपाली पुरुष महिला कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ६४ हजार माथि पाउनेछन् । इच्छुक कामदारले ग्लोबल वेलफेयर हर सोलुसन प्रा. लि. को कार्यालय सामाखुसी काठमाडौंमा असोज १० ११ र १२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया