मैलुङ खोलाको आईपीओ दोश्रो बजारमा कारोबार कहिले

४ बर्ष अगाडि

काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको एक महिना बितीसक्दा पनि कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुन सकेको छैन । 

कम्पनीले आईपीओ सूचिकरणका लागि नेपाल स्टक एक्सचेञ्जसँग सम्झौता गरिसकेको छ । तर आवश्यक कागजातहरू नपुगेको हुनाले सूचिकरण हुन सकेको छैन । कम्पनीबाट सम्पूर्ण कागजातहरू आईसकेपछि अर्को साताबाट दोश्रो बजारमा कारोबार खुलाउने तयारी गरिएको नेप्सेले जनाएको छ । 

कम्पनीले साउन १४ गतेबाट साउन १९ गतेसम्म निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड साउन २६ गते, मंगलबार भएको थियो । साधारण सेयर (आईपीओ) बाँडफाँड भएको एक महिना बितीसक्दा पनि कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुन सकेको छैन । 

कम्पनीले  साउन १४ गतेबाट साउन १९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियो ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।

गोलाप्रथाबाट गरिएको बाँडफाँड सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेका थिए । यस्तै, १० कित्ता भन्दा बढीका लागि आवेदन दिने आवेदकहरुमध्येबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया