काठमाडौं - बहुचर्चित कतार प्रहरी सम्बन्धी माग विवादमा परेको छ । कतारस्थित नेपाली दुतावासले कतार प्रहरीका लागि पठाएको दुईसय जनाको डिमान्ड रद्ध गरेपछि सो माग नै विवादमा परेको हो ।
कतारको आन्तरिक मन्त्रालयले नेपालको अल तौक्वेत ओभरसिजले नेपाल प्रा.लि.लाई दुईसय जनाको डिमान्ड पठाएको थियो । अल ताक्वेतले कामदार भर्ना प्रकृया जारी राखेको अवस्थामा नेपाली दुतावासले कामदार पठाउने तयारी रद्ध गर्न विभागलाई पत्र पठाएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको डिमान्ड श्रम सम्झौता अनुसार प्रमाणीकरण गर्न अनुमति दिएको केही दिनपछि नेपाली दुतावासले अल तैकेत ओभरसिज नेपाल प्रा.लि.ले ल्याएको माग रद्ध गरेको हो ।
कतारले एक वर्षअघि नै करिब १० हजार नेपालीलाई कतार प्रहरीमा भर्ना गर्न चाहेको थियो । तर नेपालबाट प्रष्ट निर्देशन नजाँदा त्यो विषय अन्योलमा परेको थियो ।
कतार प्रहरीमा काम गर्ने नेपालीहरूले मासिक करिब दुई लाख तलब पाउने छन् । उचाइ ५ फिट ७ इन्च र उमेर १८ देखि ३५ वर्ष समूहका नेपाली पुरुष कतार प्रहरीमा भर्ना हुन सक्ने व्यवस्था छ ।
प्रतिक्रिया