काठमाडौं- नेपाली बजारमा ४० देखि ५० लाख मूल्यमा हाल चर्चामा रहेका हुन्डाई क्रेटा, महिन्द्रा एक्सयूभी ३००, होन्डा डब्लुआरभी, निसान किक्स, रेनो डस्टर, स्कोडा कुसाक र टाटा नेक्सन जस्ता कम्प्याक्ट एसयूभीको बेस भेरिएन्ट खरिद गर्न सकिन्छ । त्यसैगरी हाल लोकप्रिय बनिरहेको हुन्डाई भेन्यू, किया सोनेट, सुजुकी ब्रेजा, सुजकी एसक्रस र एक्सएल ६ तथा एमजी जेडएस ईभीलाई समेत यही मूल्य रेन्जमा खरिद गर्न सकिन्छ । निसान म्याग्नाइट, रेनो काइगर, टाटा नेक्सन ईभी जस्ता एसयूभीलाई त झन् २८ देखि ४० लाख रुपैयाँ बीचमा खरिद गर्न सकिन्छ ।
होन्डा ज्याज
होन्डा ज्याज प्रिमियम सेग्मेन्टको ह्याचब्याकमा सबैभन्दा महंगो कार हो । जापनिज अटो मेकर होन्डाले उत्पादन गर्ने यो ह्याचब्याक कार भिन्न ४ भेरिएन्टमा उपलब्ध छ । जसमध्ये सबैभन्दा सस्तो भेरिएन्ट भीएमटीको मूल्य नै ३९ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी भिएक्सएमटी भेरिएन्टको ४४ लाख ३० हजार, भीसीभीटीको ४६ लाख ३० हजार र सबैभन्दा महंगो भेरिएन्ट भीएक्ससीभीटीको ४९ लाख ५० हजार रुपैयाँ पर्छ । ज्याजमा १२ सय सीसी क्षमताको इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ९० पीएस र टर्क ११० एनएम रहेको छ । यो पेट्रोल र डिजेल दुबै इन्जिनमा उपलब्ध छ ।
फक्सवागन पोलो
जर्मन ब्रान्ड फक्सवागन पोलो ह्याच्ब्याक सेग्मेन्टमा अर्को महंगो र प्रिमियम कार हो । पोलो एमपिआई, टिएसआई र जीटी टिएसआई गरी ३ इन्जिन अप्सनमा उपलब्ध छ । पोलोको भिन्न ६ भेरिएन्ट उपलब्ध भएपनि ४ वटा भेरिएन्टको मूल्य ४० लाख माथि पर्छ । यसको एमपिआई इन्जिनयुक्त हाइलाइन मोडलको मूल्य ४२ लाख ९० हजार रुपैयाँ पर्छ भने अर्को टिएसआई इन्जिनमा कम्फर्टलाइन भेरिएन्टको ४३ लाख ४० हजार र यसैको हाइलाइन प्लसको ४६ लाख ४० हजार रुपैयाँ पर्छ । त्यसैगरी अर्को जीटी टिएसआईको ४७ लाख ४० हजार रुपैयाँ पर्छ । १ हजार सीसी क्षमताको पोलोमा भिन्न ३ प्रकारका इन्जिन जडान गरिएका कारण यसले प्रादन गर्ने पावर टर्क समेत फरकफरक छ । जस्तो एमपिआई इन्जिनको अधिकतम पावर ७६ पीएस र टर्क ९५ एनएम रहेको छ भने टिएसआइको पावर ११० पीएस र टर्क १७५ एनएम रहेको छ । अर्को जीटी टीएसआई इन्जिनको अधिकतम पावर १०५ पीएस र टर्क १७५ एनएम रहेको छ । पोलो पेट्रोल इन्जिनमा मात्र उपलब्ध रहँदै आएको छ ।
सुजुकी बलेनो
ह्याचब्याक सेग्मेन्टमा मार्केट लिडर सुजुकीको स्विफ्ट र बलेनो दुबै मोडलका कारलाई प्रिमियम मान्ने गरिए पनि बलेनो महंगो कारमा रुपमा परिचित छ । नेपाली बजारमा बलोनो ३ भेरिएन्टमा उपलब्ध रहँदै आएपनि टप अर्थात अल्फा भेरिएन्टको मूल्य ४० लाख माथि कायम गरिएको छ । यो कारको मूल्य ४२ लाख ९९ हजार रुपैयाँ पर्छ । यो कारमा १२ सय सीसी क्षमताको इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ६१ किलोवाट र टर्क ११३ एनएम रहेको छ । बलेनो पेट्रोल इन्जिनमा मात्र उपलब्ध रहँदै आएको छ ।
हुन्डाई नयाँ आई–२०
नेपाली बजारमा हालसालै सार्वजनिक गरिएको हुन्डाई ब्रान्डको नयाँ आई–२० समेत ४० लाख माथि मूल्य कायम गरिएको प्रिमियम ह्याचब्याक हो । भिन्न २ भेरिएन्टमा उपलब्ध यसको टप अर्थात स्पोर्ट्ज भेरिएन्टको मूल्य ४१ लख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । १२ सय सीसी क्षमताको यो कार आकर्षक र सुविधासम्पन्न फिचर्सले भरिपूर्ण छ । यो कारको अधिकतम पावर ८८ पीएस र टर्क ११.७ केजीएम रहेको छ । यो पेट्रोल इन्जिनमा उपलब्ध रहँदै आएको छ ।
प्रतिक्रिया