काठमाडौं, अभिनेता फिरोज खानका छोरा फरदीन खान ११ वर्षपछि फिल्ममा फर्किने भएका छन् । उनको नयाँ फिल्मको घोषणा भएको छ । मंगलवार सञ्जय गुप्ताले नयाँ फिल्म ‘विस्फोट’ को घोषणा गरेका छन्, जसमा फरदीनसँगै रितेश देशमुखको अभिनय रहनेछ ।
‘विस्फोट’ २०१२ मा प्रदर्शन भएको भेनेजुएलाको फिल्म ‘रक, पेपर, सिजर’ को हिन्दी रिमेक हो ।
फरदीन खान पछिल्लो पटक सन् २०१० मा रिलिज भएको फिल्म ‘दुल्हा मिल गया’ मा देखिएका थिए । यसपछि कुनै फिल्ममा नदेखिएका उनी ११ वर्षपछि कमब्याक गर्न निकै उत्साहित छन् । फिल्मबाट टाढा भएपछि उनको वजन निकै बढेको थियो । जब उनले फिल्ममा कमब्याक गर्ने सोच बनाए तब ६ महिनामा १८ केजी तौल घटाएका थिए । त्यसअघि उनको तौल सय केजी थियो ।
फिल्म ‘प्रेम अग्नि’ बाट आफ्नो करिअरको सुरुवात गरेका फरदीनले यो फिल्मबाट फिल्मफेयर बेस्ट डेब्यू एक्टरको अवार्ड जितेका थिए । यसपछि राम गोपाल वर्माको फिल्म ‘जंगल’ मा उनको अभिनयको निकै प्रशंसा भएको थियो । तर, सन् २००१ मा उनी कोकीन सेवन गरेको र लागूऔषध सामाग्री राखेको आरोपमा पक्राउ परेका थिए । त्यसपछि उनको करिअर अस्तव्यस्त बन्यो ।
प्रतिक्रिया