काठमाडौं, आज (बुधबारं) पनि शेयर बजार ओरालो लागेको छ ।
साताको चौथो कारोबारको दिन नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा झरेको छ । नेप्से १.३७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ७.१६ अंकले घटेर ५३८.५० विन्दुमा झरेको छ ।
कारोबारमा आएका कूल २२२ वटा कम्पनीको एक करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको शेयर घटेको हो ।
आज पनि अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीको २२ करोड १४ लाख ७० हजार ७ सय ५६ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज मनकामना लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ८.२३ प्रतिशतले बढेर ८ सय १८ रूपैयाँ १० पैसा पुगेको छ ।
यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयरको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।
प्रतिक्रिया