असोज ४ देखि नयाँ नोट साट्न राष्ट्रबैंकले तोक्यो काउण्टर

४ बर्ष अगाडि

दशैं तिहार लक्षित सुकिला (नयाँ) नोट सटहीका लागि राष्ट्र बैंकले एक्सचेन्ज काउन्टर तोकेको छ । 

आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने नोट सटहीका लागि बैंकले काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका क्षेत्रहरुका लागि सटही काउन्टर तोकेको हो । 

बुधबार एक सूचना जारी गर्दै बैंकले काठमाडौंमा राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर ९मोफसल० मा सातवटै प्रदेश स्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेको शाखाहरूबाट समेत नोट साट्न पाइने जनाएको छ । 

कोभिड–१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै यसपटक सहज वातावरणमा सहज रुपमै सर्वसाधारणलाई नोट सटहीको सुविधा मिलाइएको समेत बैंकले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया