काठमाडौं, एक्सेल डेभलपमेण्ट बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १ गते देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
भदौ ३१ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश वितरणको लागि कम्पनीले आगामी असोज १६ गते साधारण सभा आयोजना गरेको छ ।
सभा सिद्धार्थ होटल विर्तामोड, झापामा बिहान ११ बजे बोलाएको कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया