अर्घाखाँचीको मालारानी गाउँ पालिका वाड नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) ११ दिनदेखि सम्पर्कविहिन भएका छन्।
पुस २ गते मालारानी २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाइकल मर्मत गर्ने भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहिन भएका हुन्।
गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन सकेको छैन।खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए यता रुपन्देहीको बुटवलमा । विगत १ महिनादेखि बुटवल मिलनचोक तीनकुनेबाट हराएकी १५ वर्षीया मुना हिताङ्ग फेला नपर्दा परिवारमा त्रास उत्पन्न भएको छ । गत मंसिर महिनाको ९ गते करिव ३ बजेतिर मिलनचोक तीनकुनेबाट बुद्धनगरमा रहेको स्कुलमा भाइलाई लिन भनि हिँडेकी हिताङ्ग घर नफर्किएको युवतीका बाबु सुरेश नेपालीले बताए ।
।युवतीलाई छरछिमेक, आफन्त र वरपर खोजी गर्दासमेत पत्ता नलागे पछि गत मंसिर ११ गते मंगलबार आफन्तजन प्रहरीको समक्ष पुगेका थिए ।
प्रहरीले पटक(पटक इलाका प्रहरी कार्यालय, बुटवलमा बोलाए पनि कुनै सन्तोषजनक सूचना दिन नसकेको परिवारको गुनासो छ ।उनिहरुले प्रहरी कार्यालयमा निवेदन हालेको छन् । इलाका प्रहरी कार्यालयका डिएसपी डिल बहादुर मल्लका अनुसार अदालति प्रक्रिया मार्फत कल डिटेल माग गरेर हेरेको तर शंकास्पद अरू कुनै पनि तरिका फेला नपरेको बताएका छन् ।
पछिल्लो समयका पुस्ता निकै बाठो भएर सिमकार्ड र मोवाइल परिवर्तन गरेका कारण टेलिकम मार्फत माग गरिएको कल डिटेल र मोवाइलको इएमआई माध्यम समेत नभएको डि एसपी मल्लले जानकारी दिए ।
प्रतिक्रिया