कारोबारको पहिलो घण्टा : नेप्सेमा दोहोरो अंंकको गिरावट, १६१ कम्पनीको शेयरमुल्य घट्यो

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) कारोबारको एक घण्टाको अवधीमा नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।

कारोबारको सो अवधीमा नेप्से परिसुचक २४.७४ को बिन्दुमा पुगेको हो । नेप्से ०.८४ प्रतिशतले घटेर २९०४.५४ को बिन्दुमा पुगेको छ ।  १२ बजेसम्म आइपुग्दाँ १९ लाख ११ हजार २८० कित्ता शेयर २७ हजार ७६ पटक खरिद बिक्री हुदाँँ १ अर्ब १५ करोड २८ लाख बराबरको कारोबार भएको छ ।

यस्तै, सो अवधीसम्म कारोबारमा आएका २०७ कम्पनी मध्ये १६ कम्पनीको शेयरमुल्य बढेको छ भने १६१ कम्पनीको शेयरमुल्य घटेको छ र ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया