ट्राफिक प्रहरी कार्यालयद्धारा १ करोड २६ लाख राजस्व संकलन, करदाता सेवाले उठायो ६४ करोड

४ बर्ष अगाडि

उदयपुर - जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड २६ लाख ५ हजार ५ सय राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा २५ लाख ११ हजार ५ सय बढी राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार नियम उल्लंघन गर्ने २० हजार ६ सय सवारी तथा चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरिएको  हो । कारबाहीमा पर्नेमा सबै भन्दा बढी मोटरसाइकल चालक र त्यसपछि क्रमशः जीप, ट्रक तथा टिपर चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब निरीक्षक (सई) लिलाकुमार श्रेष्ठले बताए ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबै भन्दा बढी चैत्र महिनामा २ हजार ३ सय सवारी कारबाहीमा परेका छन् । जसबाट १४ लाख ६ हजार पाँच सय राजश्व उठेको थियो । यसै गरी सबै भन्दा कम ज्येष्ठ महिनामा ३ सय सवारी कारबाहीमा परेको छ । त्यसबाट २ लाख ४ हजार राजस्व संकलन भएको थियो । 

७ हजार ९ सय ७० मोटरसाइकल चालक कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयसँग तथ्याङ्क छ । मोटरसाइकल चालक कारबाही बापत ५० लाख २५ हजार पाँच सय राजश्व उठेको छ ।

यस्तै ४ हजार ६ सय एक ट्रक तथा टिपर कारबाही बापत २८ लाख २४ हजार राजश्व संकलन भएको छ । ३ हजार ५ सय ७७ जीप कारबाही बापत २१ लाख ३३ हजार राजश्व उठेको छ ।

१ हजार ७ सय १२ ट्याक्टर कारबाही बापत १० लाख ६५ हजार रुपैयाँ राजश्व नेपाल सरकारको नाममा जम्मा भएको छ भने ५ सय ६१ बसलाई कारबाही बापत ३ लाख ४१ हजार पाँच सय राजश्व संकलन भएको छ । यस्तै २ हजार १ सय ४१ अटोबाट ११ लाख ९५ हजार पाँच सय राजश्व संकलन भएको छ ।

यस्तै करदाता सेवा कार्यालय उदयपुरले कोभिड कहरका बीच आर्थिक वर्ष २०७७/७८ मा सन्तोषजनक राजस्व संकलन गरेका छ । २०७७ साउनदेखि ७८ असार मसान्तसम्म ६३ करोड ८१ लाख ४३ हजार ९ सय २ रुपैयाँ संकलन भएको गाईघाटस्थित करदाता सेवा कार्यालय उदयपुरले जनाएको छ ।

सबभन्दा बढी राजस्व आर्थिक वर्षको अन्तिम महिना असारमा संकलन भएको छ । असारमा १२ करोड ६६ लाख ५२ हजार ९ सय ६० रुपैयाँ संकलन भएको कार्यालय प्रमुख कर अधिकृत सरोज सिंहले जानकारी दिए । उनका अनुसार सबभन्दा कम राजस्व गत भदौमा १ करोड ५० लाख ३१ हजार ७ सय ९४ संकलन भएको छ । लक्ष्य अनुरूप राजश्व संकलन नभए पनि गत वर्षको भन्दा १.३० प्रतिशतले बढी हो । 

गत चैतमा ७ करोड ५४ लाख ६२ हजार २ सय २८ रुपैयाँ जम्मा भएको छ भने त्यसपछिको गत फागुनमा ७ करोड ३७ लाख २७ हजार २ सय ४४ रुपैयाँ संकलन भएको छ । अन्य महिनामा २ करोड ५९ लाखदेखि सवा ७ करोडसम्म संकलन भएको अभिलेख कार्यालयसँग छ ।

साउनमा ७ करोड ३५ लाख ७४ हजार २ सय ७५ रुपैयाँ उठेको छ भने पौषमा ६ करोड ८ लाख १४ हजार ७ सय ८६, माघमा ४ करोड ६१ लाख ९० हजार ८ सय ११ उठाएको कार्यालयले असोजमा ३ करोड ४२ लाख ७२ हजार ४ सय ३५ रुपैयाँ उठाएको छ ।

त्यस्तै बैशाखमा ३ करोड ९१ लाख ९५ हजार १ सय १७, जेठमा ३ करोड ८१ लाख ६७ हजार ३ सय १७, मंसिरमा २ करोड ९० लाख ८१ हजार १ सय ९३, कात्तिकमा २ करोड ५९ लाख ७३ हजार ८ सय ३६ उठाएको कर कार्यालयले जनाएको छ ।

सेवा कार्यालयले २०७७/७८ मा सबभन्दा बढी राजश्व मूल्य अभिवृद्धि कर ९भ्याट० बापत संकलन गरेको छ । भ्याट बापत ३१ करोड ३० हजार ५ सय २ रुपैयाँ संकलन भएको कर अधिकृत सिंहले बताए । त्यस्तै कार्यालयले दोस्रो ठूलो हिस्सा राजश्व आयकर बापत उठाएको जनाएको छ । आयकर बापत कार्यालयले २९ करोड ३४ लाख ४८ हजार ५ सय ९१ उठाएको छ । विविधतर्फ १० हजार ४ सय ३८ उठाएको सिंहले बताए ।

अघिल्लो आर्थिक वर्ष भन्दा २०७७/७८ मा ८१ लाख ६८ हजार ८ सय ३५ ले बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष ०७६/७७ मा ६२ करोड ९९ लाख ७४ हजार ५ सय २९ संकलन भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया