काठमाडौं - साइप्रसले नेपाली कामदारको माग गरेको छ । साइप्रसको theo employment and travel ltd कम्पनीले तीन जना पुरुष र १७ जना महिला गरि जम्मा २० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित ४३ हजार माथि देख एक लाख ४१ हजार माथि पाउनेछन् । इच्छुक कामदारले white pearl light manpower services pvt. ltd को कार्यालय सामाखुसी काठमाडौंमा असोज ६ र ७ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
प्रतिक्रिया