कारोबारको पहिलो घण्टा : १ अर्ब बढीको कारोबार, ९४ कम्पनीको शेयरमुल्य वृद्धि हुदाँ कतिले बढ्यो नेप्से ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेको  १ घण्टाको अवधीमा नेप्सेमा १ अर्ब बढीको कारोबार भएको छ ।

१२ बजेसम्म आइपुग्दाँ नेप्सेमा २५ लाख ५४ हजार ७१८ कित्ता शेयर १३ हजार ५६८ पटक खरिद बिक्री हुदाँ १ अर्ब १२ करोड ३६ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, सो अवधीसम्म नेप्से परिसुचक ८.०७ अंकले बढेर २९५५.९१ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०३ कम्पनीमध्ये ९४ कम्पनीको शेयरमुल्य बढेको छ भने ६६ कम्पनीको शेयरमुल्य घटेर  छ । १५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया