काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार सुरु भएको ५ मिनेटमै सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य ६६.१० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ७२८ रुपैंयामा पुगेको छ ।
मार्केट डेपमा कम्पनीको १ लाख २८१ कित्ता खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया