कृषि विकास बैंकको ६ अर्ब बराबरको ऋणपत्र बाँडफाँट

४ बर्ष अगाडि

काठमाडौं- कृषि विकास बैंकको ६ अर्ब बराबरको ऋणपत्र बाँडफाँट भएको छ । 

कम्पनीले रू. १ हजार प्रति ऋणपत्रका दरले ६ अर्ब बराबरको ६० लाख कित्ता ऋणपत्र भदौ ८ गतेदेखि २२ गतेसम्म संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट निष्कासन गरेको थियो । 

सो अवधिभित्र रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु कम्पनीको सञ्चालक समितिले ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र भदौ २५ गते बाँडफाँट गरेको जानकारी दिएको छ । 

कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया