लुम्बिनी जनरल इन्सुरेन्सको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन सकिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - सनराइज बैंकले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्सुरेन्सको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले भदौ १८ गतेदेखि १ लाख २२ हजार २८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।  

सेयरको न्यूनतम भाउ प्रतिकित्ता ४२१ रुपैयाँ ६३ पैसा तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार बोलकबोल पेश गर्नुपर्नेछ ।
 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १००० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा बुझाउन सकिनेछ ।


लगानीकर्ताले यसमा असोज १ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया