प्रभु इन्सुरेन्स र ज्योति विकास बैक संस्थापक सेयर आजदेखि बिक्रीमा, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं, मुक्तिनाथ क्यापिटलले आज (मंगलबार) देखि आफ्नो स्वामित्वमा रहेको प्रभु इन्सुरेन्स र ज्योति विकास बैक संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले ज्योतिको २९ हजार २५० कित्ता र प्रभु इन्सुरेन्सको ६ हजार ३६ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । 
 
जसमा लगानीकर्ताले ज्योतिको सेयरमा न्यूनतम १४५ रुपैयाँ र प्रभुको सेयरमा ३५० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा कात्तिक ३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 
 
न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलल हात्तिसारमार्ग कमलादी, काठमाडौंमा बुझाउन सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया