काठमाडौं, नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ब्यालेन्स फण्ड ३ को इकाईमा १० करोड ७६ लाख बढी आवेदन परेको छ ।
नबिल इन्भेष्टमेण्ट बैंकिङका अनुसार सोमवार ११ बजे सम्ममा ९५ हजार २०५ जना आवेदकबाट १० करोड ७६ लाख ५३ हजार ८५० इकाईका लागि आवेदन परेको हो ।
फण्डले भदौ २५ गतेदेखि १० करोड इकाई विक्रीमा ल्याएको हो । फण्डले प्रतिइकाई रू. १० का दरले रू. १ अर्ब बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो । कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई मध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरेको छ ।
त्यसैगरी, १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङलाई सुरक्षित गरेको र बाँकी रहेको ८ करोड ५० लाख इकाई लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । यस फण्डमो न्यूनतम १०० इकाईको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १ करोड इकाईको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
१० वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । आवेदकले भदौ २९ गते (मंगलवार) सम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया