काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार झिनो अंकले बढेको छ ।
आज कारोबारको अन्तिम समयसम्ममा नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.६९ विन्दुमा पुगेको छ । नेप्से ०.२७ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ०.५५ अंकले बढेर ५४८.८७ विन्दुमा पुगेको छ ।
कूल २२६ वटा कम्पनीको एक करोड ५६ लाख ८१ हजार एक सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार एक सय ५५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ ।
सोमबार पनि अरूण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६१ करोड ९३ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
यस दिन अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मनकामना लघुवित्त र सानिमा लाइफको सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया