दुई बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - विभिन्न दुई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । 

नेप्सेका अनुसार 'एनआईसी एशिया ऋणपत्र २०८८' को १५ लाख ७३ हजार ८ सय ७२ कित्ता ऋणपत्र सूचिकृत भएको हो । १० वर्ष अवधि रहेको यो ऋणपत्रको व्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ । 

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको '८.५५ आरबिबिएल डिबेञ्चर २०८३' नामको २५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया