परराष्ट्र मन्त्रालयद्धारा एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न निर्देशन

४ बर्ष अगाडि

काठमाडौं - परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । 

परराष्ट्रले विभिन्न देशमा समस्या रहेको भन्दै एनआरएनए केन्द्रीय समितिलाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो । पत्रमा प्रतिनिधि छनोटको विवाद समाधान नभएसम्मका लागि केन्द्रीय निर्वाचन प्रक्रिया अगाडि नबढाउन भनिएको छ । 

पत्रमा एनआरएनएको आगामी महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू विधान विपरित सिफारिस गरेकाले महाधिवेशनको काम अगाडी नबढाउन निर्देशन दिइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया