शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको छ : अर्थमन्त्री

४ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन ।

अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा १२ करोडभन्दा बढी शेयर धितो कर्जा लिने १६२ जनाको हितका लागि काम गर्ने कि समग्र ४० लाख लगानीकर्ताको लागि काम गर्ने भन्ने प्रश्नमा अर्थमन्त्री शर्माले भने, “समग्र लगानीकर्ताको हितका लागि नै काम गर्नेगरी अध्ययन समितिले काम गरिरहेको छ ।” 

४ बर्ष अगाडि

प्रतिक्रिया