कतारको एक कम्पनीमा ४ सय बढी पुरुष कामदारको माग, मासिक तलब कति र कहाँ कहाँबाट कसरी दिन सकिने अन्तर्वार्ता ?

४ बर्ष अगाडि

काठमाडौं, कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको दोहा सहरमा स्थित एक कम्पनी ( URBACON TRADING & CONTRACTING)ले ४०५ जना पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३२ हजार माथि देखि ३५ हजार रहेको छ । अन्तरवार्ता काठमाडौंमा  असोज १ गते Advanced Management Consultants Pvt.Ltd=सामाखुसी काठमाडौबाट हुने छ । यस्तै, इटहरीको अञ्जली ट्रेनिङ सेन्टरमा भदौ २९ गते, धनुषामा रामजानकीट्रेनिङ सेन्टरमा भदौ ३० र बितोमोडमा मुनामदन ट्रेनिङ सेन्टरमा भदौ ३१ गते हुने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्ने पर्नेछ भने विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया