काठमाडौं, नेपाली बजारमा थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर भित्रिएको छ । चीनको विश्व प्रसिद्ध दुहान ब्रान्डको सो इलेक्ट्रिक स्कुटरलाई क्यालिबर अटोमोबाइल कम्पनीले भित्र्याएको हो ।
कम्पनीले चार प्रकारका मोडलहरु आईट्यांक, आईट्यांगो, युरानस र ई–स्वान नेपाली बजारमा सार्वजनिक गरेको छ । यी स्मार्ट स्कुटरको मूल्य २ लाख ३१ हजार ९ सय देखि ३ लाख ५९ हजार ९ सय रुपैयाँ सम्म छ ।
आईट्यांक दुहानको ड्युअल फ्रन्ट ह्विल टेक्नोलोजी (डीडीडब्ल्युटी–एस) सहितको फेसले वास्तविक ट्यांककै झलक दिन्छ । यसमा प्रयोग गरिएको १ हजार ५ सय वाटको बोस मोटरले सिंगल चार्जमा ७० किलोमिटरको रेन्ज दिने क्षमता राख्छ, जसलाई ४५ किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन सकिन्छ ।
आईट्यांकमा ६० भोल्ट २६ एएचको एलजी र प्यानासोनिकको लिथियम ब्याट्री प्रयोग गरिएको छ । यसमा प्रयोग भएका ३ हाइड्रोलिक ब्रेक र रिभर्स गियरले स्कुटरलाई स्टेबल बनाउनुका साथै सुरक्षित समेत बनाउन सहयोग गर्छ । आईट्यांकमा इन्टिग्रेटेड, रोल रक सिस्टम, क्रुज कन्ट्रोल, ड्युअल ब्याट्री स्टोरेज कम्पार्टमेन्ट र अन्य धेरै आश्चर्यजनक फिचर पाउन सकिन्छ । यो स्कुटर रेड, ब्ल्याक, ह्वाइट, ग्रिन, ब्लु र ओरेन्ज कलरमा पाउन सकिन्छ । आईट्यांकको मूल्य ३ लाख ५९ हजार ९ सय रुपैयाँ छ ।
आईट्यांगोमा पनि आईट्यांक जस्तै आकर्षक फिचर पाउन सकिन्छ । यसमा १ हजार २ सय वाटको ब्याट्री छ, जसको रेन्ज ७० किलोमिटर छ भने ४५ किलोमिटर प्रतिघण्टाको गति छ । यसमा ४८ भोल्ट, २६ एएचको ब्याट्री पाइन्छ । आईट्यांगोको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ छ ।
ई–स्वान दुहानको सबैभन्दा इकोनोमिक मोडल हो । यो स्कुटर बोस मोटरको १ हजार २ सय वाट डीसी मोटरबाट संचालित हुन्छ र ६० भोल्ट २६ एएचको ब्याट्री प्रयोग गरिएको छ । यसको पनि टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा छ । सिंगल चार्जमा यसले ५० किलोमिटर सम्मको रेन्ज दिन्छ । ई–स्वानको मूल्य २ लाख ३१ हजार ९ सय रुपैयाँ छ ।
युरानसमा दुहान टेक्नोलोजीको ३ हजार वाटको डीसी ब्रसलेस मोटर प्रयोग गरिएको छ । यसमा ७२ भोल्ट २६ एएचको ब्याट्री प्रयोग गरिएको छ । सिंगल चार्जमा यसले ५० किलोमिटरको रेन्ज दिन्छ र टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा सम्म हुन्छ । युरानसको मूल्य ३ लाख २१ हजार ९ सय रुपैयाँ छ ।
दुहानका यी सबै मोडलमा १ वर्ष ६ महिनाको ब्याट्री र मोटर वारेन्टी उपलब्ध हुनेछ भने १ वर्ष सम्म निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ । यी सबै ब्याट्री ४ देखि ५ घण्टा भित्रै चार्ज गर्न सकिन्छ ।
प्रतिक्रिया