रोयल इन्फिल्डको बजारमा छिटै नै नयाँ २ शानदार बाइक ल्याउने तयारी

४ बर्ष अगाडि

काठमाडौं, रोयल इन्फिल्डले बजारमा छिटै नै नयाँ २ शानदार बाइक ल्याउने तयारी गरिरहेको छ।

कम्पनीले भारतमा रोयल इन्फिल्ड सटगन ६५० र रोयल इन्फिल्ड स्क्र्याम ४०० बाइक लन्च गर्ने तयारी गरेको हो। 

रोयल इन्फिल्ड ६५० सीसी सेमगेन्टमा एक क्रुजर बाइक लन्च गर्न लागेको छ। जसलाई सटगनका नाममा बजारमा ल्याउन लागिएको हो। यसका साथै अर्को रोयल इन्फिल्ड स्क्र्याम ४०० पनि कम्पनीले ल्याउने सम्भावना रहेको छ। 

कम्पनीले नयाँ सार्वजनिक गर्ने बाइकका बारेमा आधिकारिक जानकारी भने गराइसकेको छैन। तर भारतमा रोयल इन्फिल्डको क्रुजर बाइकहरु आउने सम्भावना रहेको छ। हाल रोयल सटगन ६५० र स्क्र्याम ४०० शानदार लुक र लेटेस्ट फिचर्सका साथ पेस गरिने सम्भावना पनि उत्तिकै रहेको जानकारहरु बताउँछन्। – एजेन्सी

४ बर्ष अगाडि

प्रतिक्रिया