ग्लोबल आइएमई बैंकले साढे ४ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै

४ बर्ष अगाडि

काठमाडौं, ग्लोबल आइएमई बैंकले ४ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । यसको लागि बैंकले रेटिङ सम्पन्न गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ दिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने रेटिङ दिएको हो । 
 
हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यसले ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया