काठमाडौं, लगातारको करेक्सनपछि साताको पहिलो कारोबार दिन आज (आइतबार) शेयर बजारमा सकारात्मक सुधार देखिएको छ । आज कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा पुगेको छ । नेप्से २.४८ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १३.०३ अंकले बढेर ५४८.२९ विन्दुमा पुगेको छ ।
कूल २३१ वटा कम्पनीको एक करोड ७१ लाख ३ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर उपसमूह ६।३७ प्रतिशतले बढेको छ ।
आइतबार १० वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अरूण काबेली, राष्ट्रिय बीमा कम्पनी, छ्याङ्दी हाइड्रोपावर, नेशनल हाइड्रोपावर लगायतका कम्पनीहरूको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आइतबार अरूण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७३ करोड ७७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया