अफगानी महिलाहरू फर्किन थाले काममा, तालिबान प्रदर्शनमा चारको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि  विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले सुरक्षाको कारण जनाएर जागीर छोड्न वाध्य छन् । 

तर, राजधानीको विमानस्थलमा कार्यरत रबिया जमालले भने करिब एक महिनापछि साहसिक निर्णय लिदै कामलाई निरन्तरा दिएकी छिन् । कट्टरपन्थी इस्लामहरूले भने महिलाहरूले सुरक्षाका कारण घरमै बस्नुपर्ने दबाब दिदै आएका छन् तर तीन सन्तानकी  आमा ३५ वार्षिया  रबिया भने कामलाई निरन्तरता दिने निधोमा पुगेकी छिन् ।

विमानस्थलमा कार्यरत ८० महिलाहरू मध्ये तालिबानको कब्जापछि जम्मा १२ जना काममा फर्किएका छन् । तर ती पनि राजधानी काबुलमा काममा जानका लागि अनुमति दिइएका थोरै मध्येमा पर्छन् । विमानस्थलमा कार्यरत मध्ये ६ जना  महिलाहरू  विमानस्थलको मुख्य प्रवेशद्वारमा गफ गर्दै शनिबार हर्षित मुद्रामा यात्रुहरूको प्रतीक्षामा थिए। 

साथै त्यहाँ अहिले पनि तालिबानको विरोध गर्दै प्रदर्शन भइरहेको बताइएको छ । ती प्रदर्शनमा केही मानिस हताहत भएका समाचारमा जनाइएको छ । यस्तै तालिबान विरोधी प्रदर्शनका क्रममा शनिबार मात्र पनि चार जनाको मृत्यु भएको बताइएको छ । 

राजधानी काबुलमा भेला भएका मानिसमाथि तालिबानीले बल प्रयोग गरेर दमन गरेको बताइएको छ । सो दमनमा परी चार जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सो कार्यको राष्ट्रसङ्घले विरोध पनि गरेको छ ।

राष्ट्रसङ्घका अधिकारीका अनुसार तालिबानका विरुद्धमा राजधानी काबुलमा भएका विरोध प्रदर्शनमा पछिल्ला प्रदर्शनमा चार जनाको मृत्यु भइसकेको छ ।    झन्डै एक महिनाअघि राजधानी काबुल तालिबानको नियन्त्रणमा पुगेपछि अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शन भइरहेका छन् ।

ती प्रदर्शनकारीहरुमाथि तालिबानहरुले बल प्रयोग गर्ने गरेका छन् । तालिबानी लडाकूले कोर्रा हानेर मानिसलाई धपाउने र गोली प्रहारसमेत गर्ने गरेका बताइएको छ । 

    

४ बर्ष अगाडि

प्रतिक्रिया