आगलागीबाट एक लाख बढी क्षति

४ बर्ष अगाडि

काठमाडौं - जिल्लाको बडिकेदार गाउँपालिका–३ घट्टेपाथ्थरका प्रेमबहादुर रोकामगरको घरमा आगलागी हुँदा करिब रु एक लाख ८५ हजार मूल्य बराबरको क्षति भएको छ । 

इलाका प्रहरी कार्यालय बिपीनगरका अनुसार आज बिहान भएको आगलागीका कारण उनको घरमा भएका लुगाकपडा, सोलार सेट, रु २० हजार नगद, भाँडाकुडासहित एक तले फुसको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । 

क्षतिको विवरण सङ्कलनका लागि प्रहरी टोली घटनास्थलमा खटिएको छ । स्थानीयवासीको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया