एजेन्सी - दक्षिण एशियाली मुलुक श्रीलंकामा खाद्यन्न अभाव देखिएको छ । अभावका कारण अधिकांश सहरका पसलमा अत्याबश्यक सामाग्री किन्नेहरुको भिड बढेको छ ।
आपूर्ति नहुँदा केही सहरमा खाद्यन्न हाहाकार देखिएको छ । कोभिड नियन्त्रण गर्न भन्दै सरकारले कडा लकडाउन गरेपछि यस्तो समस्या देखिएको हो ।
सरकारद्वारा सञ्चालित सुपरमार्केटमा नगन्य खाद्य समाग्री राखिएको छ भने अधिकांश डिपार्टमेन्ट रित्तै छन् । देशमा खाद्यन्न सामाग्री अभाव नभएको र सञ्चारमाध्यमले अनावश्यक त्रास सृजना गरेको सरकारले दाबी गरेको छ ।
केही महिनाअघि सरकारले आपतकाल घोषणा गरेको थियो ।
प्रतिक्रिया