मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती ३ करोड फिरौती माग्ने ३ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं र धादिङबाट ३ जनालाई पक्राउ गरेको हो ।

आरोपीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० रमेश कुमार बस्नेतले बताए । भदौ २५ मा आँखा अस्पतालमा फेला परेको बम सेनाको टोलीले निस्क्रिय बनाएको थियो ।

धादिङका दुई युवा र रोल्पा घर भएका एकजना युवाले बम राखेर आँखा अस्पतालमा सञ्चालक किशोर प्रधानसँग ३ करोड फिरौती मागेका थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया