ईजरायलको भाषा परिक्षा नसर्ने, भ्रममा नपरी तयारीमा लाग्न विभागकाे आग्रह

४ बर्ष अगाडि

ईजरायलको भाषा परिक्षा पूर्व निर्धारित मिति र समयमा नै हुने वैदेशिक रोजगार विभागले जनाएको छ । सर्वाेच्वमा मुद्धा परेर विवादित भएपनि स्वास्थ्य सहायक पठाउने विषयको परिक्षा नसर्ने विभागले जनाएको हो । 

ईजरायलमा स्वास्थ्य सहायक पठाउने नेपाल सरकारको निर्णयका बिरुछ नुरी मिकरानीले ‘फ्रि भिसा, फ्रि टिकट’ विपरीत ईजरायलमा कामदार छनौटको प्रकृया शुरू गरिएको, खुल्ला बजार अर्थतन्त्र अंगालेको सरकारले कामदार पठाउने (एजेन्ट) को काम गरेको र जोखिमपूर्ण काममा नागरिक पठाउनु संविधान र कानुन विपरीत रहेको दावी  गर्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर गरेका थिए । त्यसमाथी शुक्रबार न्यायाधीश डा. आनन्द मोहन भट्टराईको एकल ईजलासमा सुनुवाईपछि अन्तरिम आदेश दिएको थियो । 

आदेशमा ‘कामदार छनोटको लागि सञ्चालन हुन गईरहेको परिक्षाको हकम कोभिड – १९ महामारीलाई दृष्टिगत गरि सुरक्षित तरवबाट हुने कुराको सुनिश्चित गरि परिक्षा सञ्चालन गर्ने प्रबन्ध मिलाउन सर्वोच्च अदालत नियमावली २०७४को नियम ५९(२) क अनुसार अन्तरिम आदेश जारी गरिएको’ भन्ने उल्लेख छ । 

तर निवेदकका कानुन व्यवसायी अधिवक्ता सुरेश कुमार कार्कीले सर्वोच्चको आदेशले विभागले सञ्चालन गर्ने परिक्षा रोकिने दावी गरेका थिए। 

विभागले भने सर्वोच्च अदालतको आदेशमा सुरक्षित वातावरणमा परीक्षा सञ्चालन गर्ने आदेश दिएको जानकारी आएको भन्दै पूर्ववत् रूपमा परिक्षाको कार्यक्रम अघि बढेको बताएको छ । आवेदकहरूले परिक्षाका वारेमा भ्रम वा दुविधामा पर्न पनि विभागले आग्रह गरेको छ ।

रिटका अन्य विषयमा भने अन्तिम फैसालमा निर्णय हुने आदेशमा उल्लेख छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया