काठमाडौं - नेपाली बजारमा हालै मात्र नयाँ जेनेरेशनको हुन्डाई टुसान सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन टुसान सार्वजनिक गरेको हो ।
सार्वजनिक भए पनि अहिले यो गाडीको बिक्री वितरण शुरु भएको छैन । कम्पनीका अनुसार अबको केही दिनपछि नेपाली बजारमा बिक्री शुरु हुने छ ।
जेनेरेशन टुसानको मूल्य पनि कम्पनीले सार्वजनिक गरेको छ । मूल्यसूची अनुसार सुरुवाती भेरियन्टको मूल्य ८९ लाख ९६ हजार तोकिएको छ । यस्तै टप भेरियन्ट जिएलएक्स अटोमेटिक फोर ह्वील ड्राइभको १ करोड ३४ लाख ९६ हजार रहेको छ ।
नयाँ जेनेरेशन टुसान विभिन्न ४ भेरियन्टमा नेपाली बजारमा उपलब्ध भएको छ । दुई इन्जिन अप्सनको साथ नेपाल आउने नयाँ जेनरेशन टुसानको ३ पेट्रोल भेरियन्ट र एक डिजेल भेरियन्ट उपलब्ध हुनेछ ।
पेट्रोल भेरियन्टमा जिएलएस म्यानुअल, जिएलएस अटोमेटिक र जिएलएक्स अटोमेटिक छन् भने डिजेल भेरियन्टमा जिएलएक्स अटोमेटिकको साथ फोर ह्वील ड्राइभ सिस्टम रहनेछ ।
कम्पनीले ल्याउने नयाँ जेनेरेशन टुसान पुरानोको तुलनामा विल्कुलै फरक डिजाइन र फिचरले भरिएको छ ।
प्रतिक्रिया