काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा हिजो भएको अराजकता प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीकै निर्देशनमा भएको एमालेकै नेताहरुले बताएका छन् । सभामुखले जवरजस्ती गरेमा कुनै हालतमा रोक्ने भन्ने पार्टी अध्यक्ष ओलीको निर्देशन रहेकाले तोडफोड र घम्साघम्सी भएको उनीहरुको भनाइ छ ।
एमाले सांसद पदम गिरीले संसदमा भएका कुनैपनि गतिविधि सांसदहरुको एकल चाहनाले नभई पार्टीको निर्देशन र निर्णय अनुसार नै भएको दावी गरे । “कुनै सांसदले व्यक्तिगत रुपमा गरेको हैन, पार्टीको निर्देशन बमोजिम नै भएको हो, सभामुख अग्नी सापकोटाले जवरजस्ती गरेकाले सांसदहरु आक्रोशित भएका हुन,” सांसद गिरीले भने ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले संसदमा हिजो भएको घटनाप्रति मौन समर्थन जनाएका छन् । सभामुखको टाउकोमा माइकले हान्ने प्रयास भएको घटनालाई आम सर्वधारणदेखि सवैले आलोचना गरेपनि एमाले नेताहरुले भने ठिकै गरिएको दावी गर्दै आएका छन् ।
प्रतिक्रिया