काठमाडौँ । गृहमन्त्रीलाई भनेर गाउँका युवाहरूलाई प्रहरीमा नाम निकालिदिएको दावी गर्ने प्युठाउनका एक व्यक्ति पक्राउ परेका छन् ।
जागिर लगाएको दावी गर्ने प्युठानको ऐरावती गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले नेपाली काँग्रेसका नेताहरूबाट सिफारिस मार्फत गृहमन्त्री बालकृष्ण खाँणको सहयोगमा ४१ जनालाई जागिर लगाएको भन्दै स्टाटस लेखेका थिए ।
उनले आफ्नो पहलमा जागिर लगाएको भन्दै प्युठानका ११ जना सहित देशभरबाट ४१ जनाको नाम सार्वजनिक गरेका थिए ।
उनीहरुलाई प्युठानबाट काँग्रेसका उपसभापति बद्री लम्सालले सिफारिस गरेको र युवाहरूलाई नाम निकाल्न गृहमन्त्री खाँणले सहयोग गरेको उल्लेख गरेका थिए ।
सहयोगका लागि भन्दै गृहमन्त्री खाँणलाई फेसबुकमै धन्यवाद दिएका थिए । पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने भएको छ ।
प्रतिक्रिया